बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

 पढ्न पाउने विद्यार्थीको अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको अपिल

बिहीबार ४ आश्विन, २०८० nepalexplores 1335


 पढ्न पाउने विद्यार्थीको अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको अपिल

४ असोज, काठमाडौं । 
राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न सम्वद्ध पक्षलाई आग्रह गरेको छ ।

आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगले बताएको छ ।


आयोगले आज बिहीबार विज्ञप्ति निकलेर यस्तो खालको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पर्न पुगेको बताएको छ । विद्यालयका शिक्षकशिक्षिकाहरुले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुने भए पनि आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन अयोगले भनेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु