मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

भोली देखि विद्यालय बन्द गरे काठमाडौं महानगरले  कारबाही गर्ने

बुधबार ३ आश्विन, २०८० nepalexplores 1412


भोली देखि विद्यालय बन्द गरे काठमाडौं महानगरले  कारबाही गर्ने

३ असोज, काठमाडौँ । 

काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका छन् । तर, महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको छ ।


महानगरपालिकाका प्रवक्ता नवीन महर्जन विद्यालय शिक्षा ऐनमा काठमाडौं महानगरको पनि असहमति रहेको बताउँछन् । ‘तर, विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य हुँदैन, ऐनमा रहेका फरक मत हामी पनि राख्छौं’ उनले भने, ‘तर, विद्यालय बन्द गरेर निकास निस्किंदैन, बालबालिकाको पढाइ मात्रै प्रभावित हुन्छ ।’

विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरको निर्णय छ । शिक्षकले तोकिएको आचरण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने उनले बताए ।


‘हामी भोलि विद्यालय अनुगमन गर्छौं’ प्रवक्ता मानन्धरले भने, ‘विद्यालय बन्द गरेर पढाइ नहुने अवस्था बनाएमा दोषीेहरुमाथि कारबाही हुन्छ ।’




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु