बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

राजनीतिमा युवा हस्तक्षेपको आवश्यकता भयोः पुर्वप्रधानमन्त्री ओली

शनिबार ३० भाद्र, २०८० nepalexplores 1388


राजनीतिमा युवा हस्तक्षेपको आवश्यकता भयोः पुर्वप्रधानमन्त्री ओली


३० भदौ, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समय देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेको बताउँदै युवा हस्तक्षेपको आवश्यकता रहेको बताए ।

शनिवार काठमाडौँमा भएको बासँग बालबालिका कार्यक्रममा बोल्दै उनले  विकासको हिसाबले, सुशासनको हिसाबले, हरेक हिसाबले देश नराम्रो अवस्थामा रहेको बताउँदै यसपछि देश सुध्रिने बाटोमा जानै पर्ने बताए । 

अध्यक्ष ओलीले भने– ‘अब युवा हस्तक्षेपको आवश्यकता छ, युवाहरूले यसमा हस्तक्षेप गर्नुपर्छ । त्यतिकै कुनै अनुभव नभएका मान्छेले आवेशमा देशको नेतृत्व गर्छन् भन्ने कुरा गलत हो ।

पानीमा नपसेको मान्छेले पौडी राम्रो खेल्छ भन्नु गलत हो । फुटबल ग्राउन्डमा नपसेको मान्छेले फुटबल राम्रो खेल्छ भन्नु गलत हो । त्यो सम्भव छैन, त्यसकारण जे सुकै कुराको लागि पनि अनुभव चाहिन्छ ।’ 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु