सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

सर्वोच्चको फैसलालाई सम्मान गर्दै  अर्को सरकार बनाउन लाग्छौंः  कांग्रेस नेता राई

बिहीबार २१ भाद्र, २०८० nepalexplores 1460


सर्वोच्चको फैसलालाई सम्मान गर्दै  अर्को सरकार बनाउन लाग्छौंः  कांग्रेस नेता राई

२१ भदौ, काठमाडौं । 
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताएका छन् । सर्वोच्च अदालतले अल्पमतले बहुमतलाई शासन गर्नेगरी फैसला दिए पनि सम्मान गर्ने राईले बताए ।


‘अल्पमतले बहुमतलाई शासन गर भन्ने खालको सर्वोच्चको फैसला आयो, तर त्यसलाई हामी सम्मान गर्छौ’, राईले भने, ‘कानुनी शासन पालना गर्ने पार्टी भएकाले यसलाई स्वीकार गर्छौं ।’

सर्वोच्चले मुख्यमन्त्री थापालाई पदमुक्त गर्दै संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । तर यो सरकारको आयु पनि ३० दिन मात्रै रहेकाले अर्को सरकार बनाउन लागिपर्ने कांग्रेस नेता राईले बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु