मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

कोदोबालीलाई खुम्रे कीराले सखाप पारेपछि किसान चिन्तित 

आईतवार १७ भाद्र, २०८० nepalexplores 1386


कोदोबालीलाई खुम्रे कीराले सखाप पारेपछि किसान चिन्तित 

१७ भदौ २०८०, काठमाडौँ । 

बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे कीराको समस्या देखिएकोले किसान चिन्तित भएका छन । खुम्रेकीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि बागलुङ नगरपालिकाभित्रका किसान चिन्तित बनेका छन् ।

बागलुङ नगरपालिकाको सिगाना, मालिका, भान्सा, रायडाँडा र सिमलगायत क्षेत्रमा लगाइएको कोदोमा खुम्रे कीराको समस्या देखिएको बागलुङ नगरपालिकाको कृषि शाखाले जनाएको छ ।


कोदोको जरामा खुम्रे कीरा र डाठमा गबारो देखिएको छ भने धानखेतीमा ढुसीजन्य रोग देखिएपछि अहिले रोग नियन्त्रण, रोकथाम र अनुगमनको कामलाई बागलुङ नगरपालिकाले तीव्रता दिएको छ ।

बागलुङ नगरपालिका-८ सिगाना, वडा नं ५ मालिका, वडा नं ६ सिमलगायतका स्थानमा खुम्रे कीराको समस्या अत्यधिकरूपमा पाइएको कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिए ।

सङ्क्रमण फैलिएकाले नियन्त्रणका लागि नगरपालिकाले विषादी छर्नका लागि किसानलाई विषदी प्रदान गरिरहेको छ । बागलुङ नगरपालिकाको एक दर्जन गाउँमा लगाइएको कोदो खेतीमा खुम्रे कीराको समस्या देखिएको उनको भनाइ छ ।

‘अहिले समस्या भएका किसानको बारीमै पुग्ने, रोग पत्ता लगाउने र विषादी वितरण गर्ने काम भइरहेको छ, खुम्रे कीराको समस्या देखिएको स्थानमा ५० प्रतिशत कोदोको उत्पादन घट्ने देखिएको छ’, शाखा प्रमुख सापकोटाले भने, ‘अहिले बागलुङ नगरपालिकाले विपद् व्यवस्थापनबाट रु ८० हजार बजेट विनियोजन गरेर समस्याग्रस्त क्षेत्रमा विषादी वितरण गर्ने कार्य गरिरहेको छ ।’
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु