सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

सन्देश दिनकालागी मधेशबाट मोर्चा घोषणा अभियान सुरू गर्‍यौंः प्रधानमन्त्री प्रचण्ड

शुक्रबार ८ भाद्र, २०८० nepalexplores 1474


सन्देश दिनकालागी मधेशबाट मोर्चा घोषणा अभियान सुरू गर्‍यौंः प्रधानमन्त्री प्रचण्ड

८ भदौ, काडमाडौँ । 

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीरगञ्जमा मोर्चा घोषणा गर्नुको विशेष अर्थ रहेको बताएका छन् ।  

शुक्रबार पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय मोर्चा घोषणा कार्यक्रममा बोल्दै विशिष्ठ भूमिका र रणनीतिक महत्व भएकाले मधेशबाट घोषणा कार्यक्रम सुरू गरेको उनले दाबी गरेका हुन् । 

‘वीरगञ्जको छुट्टै भूमिका र रणनैतिक अर्थ छ । यहाँको सन्देश सातै प्रदेशमा प्रभावित हुन्छ । यसले काठमाडौँलाई पनि राम्रो सन्देश दिन्छ । समाजवादी मोर्चाले आफ्नो कार्यक्रम मधेशबाट गर्यौं’, प्रचण्डले भने, ‘नेपालको आर्थिक र औद्योगिक द्ववार रूपमा परिचित वीरगञ्जलाई नै रोज्नुकोे विशिष्ट अर्थ छ ।

यसका  केही व्यवहारिक पाटो पनि हेर्यौं । जसपाका  अध्यक्ष उपेन्द्र यादवको केही कार्यक्रमलाई तालमेल गर्न पनि मधेशबाट मोर्चा घोषणा अभियान सुरू गर्यौं ।’


चारवटै दलका नेताहरू बराबरी हैसियतमा मोर्चामा रहेको भन्दै उनले समान तरिकाले मोर्चालाई अगाडि बढाउने दाबी गरे ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु