मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

स्वार्थ समूहको दबाबले कानुन बनाउन समस्या भयोः मन्त्री शर्मा

बिहीबार ७ भाद्र, २०८० nepalexplores 1387


स्वार्थ समूहको दबाबले कानुन बनाउन समस्या भयोः मन्त्री शर्मा


७ भदौं, काठमाडौं । 
सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थसमूहको दबाब हुँदा कानुन बनाउन समस्या भएको बताएकी छन्।


बिहीबार मिडिया एड्भोकेसी ग्रुपले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्। मन्त्री शर्माले सञ्चार मन्त्रालयमा धेरै स्वार्थसमूहहरु भएकाले कानुन निर्माणमा समस्या भएको बताइन्।

उनले साइबर ऐन तथा सूचनासम्बन्धी विधेयक बनाउन विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताइन्। उनले मन्त्रालयमा कुनै एउटा विषयमा कानुन बनाउन छलफल सुरु हुनेबित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानुनको अपव्याख्या सुरु गरेको बताइन्।

उनले सरकारले ल्याउन लागेको सूचना सम्बन्धित विधेयकमा सामाजिक सञ्जालसम्बन्धी ऐन पनि समेटिएकाले उक्त कानुनको विषयमा छलफल गर्दा सबैको फोन ट्यापिङ भइसक्यो भन्ने रुपमा बाहिर हल्ला गरिएको जिकिर गरिन्।

उनले उक्त कानुन बनाउन स्वार्थसमूहको कारण अगाडि बढाउन नसकेकाले थन्काएर राखिएको बताइन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु