सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

देउसी खेलेर भोट माग्दै उम्मेदवार

बुधबार ९ कार्तिक, २०७९ nepalexplores 1298


देउसी खेलेर भोट माग्दै उम्मेदवार

काठमाडौं । देशभर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन् ।

नेपाली कांग्रेसका कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखक देउसीभैलोमा सहभागी हुँदै जनतासँग मत मागिरहेका छन् ।


 त्यसैगरी कांग्रेस–माओवादी गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार टेकेन्द्र भट्ट, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल, नेकपा (एमाले)–राप्रपा गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार धर्मराज जोशीलगायतका उम्मेदवार देउसीभैलोको सदुपयोग गर्दै जनतासँग मत मागिरहेका छन् ।

घरदैलो अभियानमा रहेका उम्मेदवारले तिहारको समयमा पनि अभियानलाई निरन्तरता दिएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु